बुधबार, २६ बैशाख २०८१
13159 views
13159 views
काठमाडौं, २६ वैशाख । सन् नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख २७ गते बिहीबार एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले आज वैशाख २६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले जेठ ९ गते कलिकस्थाना स्थित अमृतभोग क्याटरिङमा साधारणसभा आह्वान गरेको छ। कम्पनीको सभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीको गत फागुन ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको थियो। जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २३ दशमलव ८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव २५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै सभामा २७ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पेश हुने छ ।