सोमबार, २४ बैशाख २०८१
4506 views
4506 views
काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका छन् । आज बिहान सम्पन्न खेलमा रोमा र युभेन्टसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
रोमाका लागि रोमेलु लुकाकु र युभेन्टसका लागि ग्लेसन ब्रेमरले एक–एक गोल गरेका थिए ।
खेलको १५औँ मिनेटमा गोल गर्दै लुकाकुले रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । तर ३१औँ मिनेटमा ब्रेमरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा रोमा र युभेन्टस बराबरी खेल्दै अंक बाँड्न बाध्य भए ।
यो बराबरीपछि युभेन्टस ३५ खेलबाट ६६ अंकका साथ तालिकाको तेस्रो स्थानमा यथावत छ भने रोमा ६० अंकसहित पाँचौँ स्थानमा छ ।