आईतवार, २३ बैशाख २०८१
7974 views
7974 views
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको वैशाख २१ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो ।
साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए । उक्त सभामा कम्पनीका सञ्चालकज्यूहरु, शेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
साधारणसभाले सञ्चालक समितिको आर्थिक बर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि। को लेखा परीक्षकको प्रतिवेदन सहितको मिति २०७९ साल पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९र०८० को मिति २०७९ साल पौष ६ गतेको नाफा÷नोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गर्नुका साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि। को लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९र०८० को नाफारनोक्सान हिसाव, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ ।
सभाले आर्थिक बर्ष २०८०र०८१ को लागि सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजी रु। ४,५४,५५,७२,१००।– ९अक्षरेपी चार अर्ब चवन्न करोड पचपन्न लाख बहत्तर हजार एक सय मात्र० को १०।२६ प्रतिशतका दरले हुने रकम रु।४६,६३,७५,६९७र४६ ९अक्षरेपी छयालिस करोड त्रिसठ्ठी लाख पचहत्तर हजार छ सय सन्तानब्बे र पैसा छयालिस मात्र० बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस शेयर वितरण पश्चात् हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गरी रु।५,०१,१९,४७,७९७र४६ पु¥याउने प्रस्ताव पारित गर्नुका साथै हाल कायम चुक्ता पूँजी रु।४,५४,५५,७२,१००।– को २४।७४ प्रतिशतका दरले हुने रकम रु।१,१२,४५,७४,५३७र५४ नगद लाभांश ९प्रस्तावित बोनस शेयरको कर प्रयोजन समेतको लागि० वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।