७ कार्तिक २०८१, बुधबार

ताजा खबर

उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री

नागरिक पोष्ट

शनिबार, २२ बैशाख २०८१

4914 views

4914 views

उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री

अछाम। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताएका छन् ।

प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्यमशीलता र रोजगारीबिना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिए ।


उनले उद्योग र उद्यमशीलताको विकासबिना मुलुकमा समृद्धि नआउने भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा सरकार लागेको उल्लेख गरे ।

उनले स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवर्द्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्नेसमेत बताउ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?