७ कार्तिक २०८१, बुधबार

ताजा खबर

राष्ट्र संघद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

नागरिक पोष्ट

शनिबार, २२ बैशाख २०८१

7396 views

7396 views

राष्ट्र संघद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

काठमाडौं, । संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गर्ने प्रस्ताव पारित गरेको छ।

प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीहरूमा सामना गर्ने बाधा तथा चुनौतीहरूलगायतका मुद्दाहरूलाई सम्बोधन गरी लैंगिक समानता र कृषिमा महिलाहरूको सशक्तीकरणमा प्रयासरत रहने बताइएको छ।

राष्ट्रसंघले प्रभावकारी नीति र कार्यहरूबारे चेतना जगाई नीतिगत ध्यान केन्द्रित गर्ने उद्देश्यका गतिविधिहरूमार्फत अन्तर्राष्ट्रिय वर्षको विश्वव्यापी अवलोकनलाई आमन्त्रित गरेको छ।

साथै, महासभाले खाद्य र कृषि संगठनसमेत रोममा रहेका अन्य संयुक्त राष्ट्रसंघीय निकायहरूसँग मिलेर प्रस्तावको कार्यान्वयनलाई सहजीकरण गर्न तथा अन्तर्राष्ट्रिय वर्ष प्रभावकारी रूपमा मनाउन निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?