१७ चैत्र २०८१, सोमबार
ताजा खबर

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

नागरिक पोष्ट

शुक्रबार, २१ बैशाख २०८१

10507 views

10507 views

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कारबाहीको चेतावनी दिएको छ ।

मन्त्रालयले मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन गरेको तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने जनाएको हो । मन्त्रालयको निशानामा केही स्वास्थ्यसेवासँग सम्बन्धित् संस्था, अटिजम थेरापी सेन्टर, बाल क्लिनिक लगायत छन् ।


ति संस्थालाई तत्काल स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७, पालना गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?