६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

लगानी सम्मेलन सम्पन्न,  निजी क्षेत्रको १० अर्ब लगानी प्रतिबद्धता

नागरिक पोष्ट

मंगलवार, १८ बैशाख २०८१

11527 views

11527 views

लगानी सम्मेलन सम्पन्न,  निजी क्षेत्रको १० अर्ब लगानी प्रतिबद्धता

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल लगानी सम्मेलन २०२४’ सम्पन्न भएको छ । आइतबारदेखि शुरू भई दुई दिनसम्म चलेको सम्मेलनमा निजी क्षेत्रले १० अर्ब लगानीको प्रतिबद्धता गरेको छ तर सरकारले अघि सारेका कुनै पनि आयोजनामा लगानीकर्तासँग परियोजना विकास सम्झौता ९पीडीए० र परियोजना लगानी सम्झौता ९पीआइए० हुन सकेन ।

प्रधानमन्त्री अध्यक्षताको लगानी बोर्ड नेपाल र नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रको सह–आयोजना रहेको सम्मेलन काठमाडौंको पाँचतारे होटल सोल्टीमा आयोजना गरिएको थियो । सम्मेलनमा सरकारले आशयपत्र आह्वान गरिएका २० सहित १५४ आयोजनारपरियोजना प्रस्तुत गरेको थियो ।
लगानीमैत्री वातावरण प्रत्याभूत गराइ ती परियोजनामा लगानी जुटाउने भन्दै सरकारले अध्यादेशमार्फत विभिन्न आठ कानून संशोधन गरेको थियो । ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सम्मेलनको जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?