१९ चैत्र २०८१, बुधबार
ताजा खबर

अवसर एकेडेमीको आयोजनामा इन्टर आईटी कलेज फुटसल प्रतियोगिता हुदै

नागरिक पोष्ट

बिहीबार, १३ बैशाख २०८१

11578 views

11578 views

अवसर एकेडेमीको आयोजनामा इन्टर आईटी कलेज फुटसल प्रतियोगिता हुदै

चितवन । चितवनमा अवसर एकेडेमीको आयोजनामा इन्टर आईटी कलेज फुटसल प्रतियोगिता हुने भएको छ । अवसर एकेडेमीले आईटी पढ्दै गरेका विद्यार्थीहरुलाई लक्षित गर्दै फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो । भरतपुरलाई आइटी हबको रुपमा चिनाउन योगदान पुर्याउन र आईटी समुदायलाई अझ बलियो बनाउन यस फुटसल आयोजना गर्न लागिएको अवसर एकेडेमीका प्रबन्ध निर्देशक सौगात देवकोटाले बताए।
 
आयोजकका अनुसार भरतपुर-१० स्थित प्रेसिडेन्सी कलेजमा बैशाख १४ गते प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेता टिमले ४० हजार, पहिलो रनरअपले २० हजार, उत्कष्ठ खेलाडीले तीन हजार, उत्कृष्ठ गोलकिपरले एक हजार र सबैभन्दा बढी गोल गर्ने खेलाडीले तीन हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा सहभागी हुनको लागि बैशाख १३ गतेसम्म टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ । टिमका लागि दर्ता शुल्क २५०० रुपैयाँ लाग्नेछ ।

टिम दर्ता गर्नको लागि लिङ्क https://forms.gle/ir5ibRWPvDpfBQM37 मा आफ्नो टिमको विवरण भरि रजिस्ट्रर गर्न सकिने छ।
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?