१७ चैत्र २०८१, सोमबार
ताजा खबर

२० वटा बाणिज्य बैंकहरुको बेस रेट एकल अंकमा

नागरिक पोष्ट

बिहीबार, १३ बैशाख २०८१

17613 views

17613 views

२० वटा बाणिज्य बैंकहरुको बेस रेट एकल अंकमा

काठमाडौं : २० वटै वाणिज्य बैंकहरुको वैशाख महिनाका लागि निर्धारण भएको आधार दर (बेस रेट) एकल अंकमा आएको छ । चैत महिनाको तुलनामा वैशाख महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ०.३० प्रतिशत विन्दुले घटेको छ । वैशाखमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.७५ प्रतिशत कायम भएको छ ।यसअघि २०८० चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.०५ प्रतिशत थियो । 
चैतसम्म २ वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा रहेकामा वैशाखमा सबै बैंकको आधार दर एकल अंकमा आएको हो । सबैभन्दा कम आधार दर स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । यसको आधार दर जम्मा ७.३६ प्रतिशत रहेको छ ।त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.४२ प्रतिशत र एभरेष्ट बैंकका ७.५३ प्रतिशत छ । अरु १५ बैंकको आधार दर ८ प्रतिशतदेखि १० प्रतिशतको बीचमा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?