७ कार्तिक २०८१, बुधबार

ताजा खबर

कतारको राजालाई नेपालमा भव्य स्वागत र सम्मान

नागरिक पोष्ट

बुधबार, १२ बैशाख २०८१

10405 views

10405 views

कतारको राजालाई नेपालमा भव्य स्वागत र सम्मान

काठमाडौं- कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्

।राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर अल थानी मंगलबार बंगलादेश हुँदै नेपाल आएका हुन् ।राष्ट्रपति पौडेल उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।

शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका राजाबीच भेटवार्ता

कतारका राजाको सम्मानमा रात्रिभोज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति रह्यो ।

थप सहयोगका क्षेत्रमा कतारी अमिरको चासो, मध्यपूर्वको द्वन्द्वबारे राष्ट्रपतिको चिन्ता

१५० जनाको भ्रमण दलसहित कतारी अमिर काठमाडौंमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?