७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सरकारकाे सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड

नागरिक पोष्ट

सोमबार, १० बैशाख २०८१

9368 views

9368 views

सरकारकाे सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड

काठमाडाैं, । चालु आर्थिक वर्षको ९ महिनामा सरकारकाे सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत फागुनको तुलनामा चैतमा सरकारको सार्वजनिक ऋण करिब साढे २ अर्ब रुपैयाँले घटेको हाे ।

चैतमा मात्र कार्यालयले करिब २९ अर्ब रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ, जसमध्ये २२ अर्ब ६५ करोड साँवा र ६ अर्ब ३२ करोड रुपैयाँ ब्याज रहेको छ । याेसँगै तिर्न बाँकी सार्वजनिक ऋणमध्ये ११ खर्ब ७९ अर्ब ४८ करोड आन्तरिक र १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ बाह्य रहेको छ ।

कार्यालयका अनुसार गत फागुन मसान्तसम्म तिर्न बाँकी सरकारी ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रहेकाे थियाे ।

चालु आर्थिक वर्षको ९ महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज गरी कुल १ खर्ब ७५ अर्ब ४० करोड रुपैयाँ भुक्तानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?