१९ चैत्र २०८१, बुधबार
ताजा खबर

फ्रेन्डसिप कप : गुजरातसँग फाइनल खेल्दै नेपाल

नागरिक पोष्ट

आईतवार, २५ चैत्र २०८०

11255 views

11255 views

फ्रेन्डसिप कप : गुजरातसँग फाइनल खेल्दै नेपाल

काठमाडौं । भारतमा जारी एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटमा आज नेपालले फाइनल खेल्दैछ। गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा आइतबार दिउँसो नेपालले गुजरातविरुद्ध फाइनल प्रतिस्पर्धा गर्नेछ।

लगातार तीन खेल जितेर एक खेल अगाडि फाइनल पुगेको नेपाल बरोडासँग शुक्रबार ३७ रनले पराजित भएको थियो। गुजरात भने नेपालसँगै यसअघिका दुवै खेलमा पराजित भएको छ।


एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई आठ विकेटले सजिलै पराजित गरेको थियो। अघिल्लो आइतबार भएको खेलमा जितको लागि ९९ रनको सहज लक्ष्य पछ्याएको नेपालले १५।१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।

 


मङ्गलबार भएको दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले हरायो। जितका लागि एक सय ५७ रनको लक्ष्य पछ्याएको बरोडा निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २९ रनमा समेटिएको थियो।

त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार भएको तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको हो। सुरुमा ब्याटिङ गरेको नेपालले गुजरातलाई ७ विकेटको क्षतिमा १८२ रनको चुनौती दिएको थियो। गुजरात पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १७३ रन मात्र बनाएको थियो।

यो खेललाई नेपालको विश्वकपको तयारीको रुपमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?