७ मंसिर २०८१, शुक्रबार
ताजा खबर

राज्य रूपान्तरणका लागि आन्दोलनको रूपान्तरण जरुरी : अग्नि सापकोटा

नागरिक पोष्ट

शनिबार, २४ चैत्र २०८०

5781 views

5781 views

राज्य रूपान्तरणका लागि आन्दोलनको रूपान्तरण जरुरी : अग्नि सापकोटा

काठमाडौं।  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अहिले सिंगो राज्य रूपान्तरणका लागि आन्दोलनको रूपान्तरण र शुद्धीकरण जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित तिलक शर्मा हिमालद्वारा लिखित संस्करण–सङ्ग्रह ‘वन्द पर्खाल’ को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष सापकोटाले सो कुरा बताएका हुन् । सापकोटाले रूपान्तरणको प्रक्रियामा जाँदा विचारलाई अघि बढाउनुपर्ने भन्दै अहिलेको मुख्य कार्यभार भनेको वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक पुनर्गठन रहेको उल्लेख गरे । 


त्यस्तै उनले विचारको शून्यताले गर्दा देश पूरै अराजकतातिर गइरहेको भन्दै सुशासन र लोकतन्त्रको शक्तिशाली सन्देश दिनुपर्ने संघीय सांसदका शब्द चयन र वाक्यप्रति असन्तुष्टि व्यक्त गरे। उपाध्यक्ष सापकोटाले हरेक देशका सांसदहरू नै लोकतन्त्रका आत्मा भएको धारणा राखे । 

उनले विचारअनुसारकै राजनीतिक दिशा हुने भएकाले जनताको विश्वास जित्दै हिजो असाधारण युद्धमा सामेल भएकाहरू एकजुट हुन सके कसैले रोक्न नसक्ने दाबी गरे । उनले एकताबद्ध भएर समाजवादको विचारधारा तयार पार्न आजैदेखि लागिपर्नु पर्नेमा जोड दिए ।


उपाध्यक्ष सापकोटाले नेपालको कृषि , जलविद्युत र प्रविधिमा आधुनिकीकरण गरी उद्योग धन्दाको विकास गर्न सके मुलुकले फड्को मार्ने उल्लेख गरे। त्यस्तै उनले मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशील अवस्थामा रहेकाले त्यही अनुसार तयारी गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति स् २४ चैत्र २०८०, शनिबार  ४ स् १४ बजे

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?