१८ चैत्र २०८१, मंगलवार
ताजा खबर

कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराए

नागरिक पोष्ट

शनिबार, २४ चैत्र २०८०

7498 views

7498 views

कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराए

 इलाम।  नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी वैशाख १५ गते इलाम(२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि खड्काले मनोनयन दर्ता गराएका हुन् ।


खड्काले उम्मेदवारी दर्ता गराउन जाँदा पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भीष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थिति थियो । 

खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा मनोनयन दर्ता गराएका हुन् ।


पञ्चेबाजा सहितको मनोनयन गर्न आएको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको र्‍यालीले इलाम नगर समेत परिक्रमा गरेको थियो ।

प्रकाशित मिति स् २४ चैत्र २०८०, शनिबार  ४ स् २१ बजे

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?