९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय मैत्रिपूर्ण सम्बन्ध सुदृढमा केन्द्रित

नागरिक पोष्ट

बुधबार, २१ चैत्र २०८०

4472 views

4472 views

परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय मैत्रिपूर्ण सम्बन्ध सुदृढमा केन्द्रित

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आफ्नो चीन भ्रमण द्विपक्षीय छिमेकी मैत्रिपूणर् सम्बन्धलाई सुदृढ बनाउने र आर्थिक विकासका लागि चीनबाट नेपालले लिनसक्ने लाभको विषयमा केन्द्रित रहेको बताएका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले शून्य र आकस्मिक समयमा सोधेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले नेपालको आजको मुख्य कार्यभार रहेको आर्थिक विकास र समृद्धिलाई तिव्र गतिमा विकासको प्रक्रियामा अघि बढेको चीनबाट कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा छलफल गरेको बताएका हुन् ।


उनले भने, ‘ मैले यो पटकको चीन भ्रमणमा दुई विषयमा केन्द्रित रहि छलफल गरेको छु । एक, हाम्रो द्विपक्षीय छिमेकी मैत्रिपूणर् सम्बन्धलाई सुदृढ बनाउने र  दोस्रो नेपालको आजको मुख्य कार्यभार रहेको आर्थिक विकास र समृद्धिलाई तिव्र गतिमा विकासको प्रक्रियामा अघि बढेको चीनबाट कसरी लाभ लिन सकिन्छ भन्ने छलफल गरेको छुु ।’

नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने उद्देश्यले छिमेकी लगायत सबै मित्र राष्ट्रहरूसँग सार्वभौम समानता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्न सरकार प्रयत्नशील रहेको उनको भनाइ थियो ।

छिमेकीलाई उच्च प्राथमिकता दिने सरकारको नीति रहेको उल्लेख गर्दै उनले  चीन र भारत दुवै छिमेकी राष्ट्रहरूसँग उच्च तहमा निरन्तर भ्रमणको आदान प्रदान भइरहेका बताए ।

उनले भने, ‘दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि पारस्परिक लागका आधारमा छिमेकी लाभका आधारमा विश्वका सबै मित्र राष्ट्रहरूसँगको आपसी सहयोगका क्षेत्रहरूलाई विस्तार गर्ने सरकारको नीति रहेको छ ।  यसमा छिमेकीलाई उच्च प्राथमिकता दिने सरकारको नीति रहेको छ । नेपालको दुवै छिमेकी राष्ट्रहरुसँग उच्च तहमा निरन्तर भ्रमणको आदान प्रदान भइरहेका छन् । यस प्रकारका भ्रमण र भेटवार्ताहरुले हाम्रो हित र चासोका विषयहरूलाई प्रष्ट रुपमा राख्न सहयोग पुगेको छ ।’

उपप्रधानमन्त्री श्रेष्ठ ११ देखि १९ चैतसम्म चीन भ्रमणमा थिए । उनले बेइजिङमा नेशनल कमिटी अफ चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कमिटी ९सिपिपिसिसी०का अध्यक्ष वाङ हुनिङ, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए ।

उनले चिनियाँ कम्युनिस्ट पार्टी, छोङछिङ नगर समितिका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य युआन जियाजुन, पार्टीको तिब्बत सचिव वाङ जुनछेङ,  सिचुवान प्रान्तका गभर्नर हुवाङ छियाङ र  पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपप्रमुख सुन हैयानसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?