७ कार्तिक २०८१, बुधबार

ताजा खबर

"महिलालाई नसमेटी चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री

नागरिक पोष्ट

बुधबार, २१ चैत्र २०८०

5373 views

5373 views

"महिलालाई नसमेटी चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटीकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताएका छन् ।

 

शुक्रबार ललितपुरमा महिला उद्यमी महासंघ, नेपालको आयोजनामा सञ्चालन भएको ७ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा प्रधानमन्त्री दाहालले महिला आर्थिक हिसाबले सशक्त नभइ साँचो अर्थमा सशक्तीकरण हुन नसक्ने जिकिर गरे ।

 

आजको संसारमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिला आर्थिक पहुँचलाई सशक्त बनाउन आवश्यक रहेको उनले बताए । महिलालाई आर्थिक रुपले सबल र सम्पन्न बनाउन नसकेसम्म साँचो अर्थमा महिला सशक्तीकरण हुन नसक्ने बताए ।

 

उनले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगलाई प्रवर्द्धन गर्न, कर छुट लगायतका सुविधा उपलब्ध गराउन पहल लिने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?