७ कार्तिक २०८१, बुधबार

ताजा खबर

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

नागरिक पोष्ट

बुधबार, २१ चैत्र २०८०

4438 views

4438 views

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले आज प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

गत फागुन २१ गते केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा थियो ।


मुख्यमन्त्री पाण्डेले भोलिसम्ममा विश्वासको मत लिइसक्नुपर्ने अवस्थामा विश्वास प्राप्त नहुने देखेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।  पाण्डे २०८० साल वैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् । यहाँ बहुमतका लागि ३१ सांसद आवश्यक पर्दछ ।


यहाँ राप्रपा तटस्थ रहेको अवस्थामा एमाले–माओवादीको नयाँ गठबन्धनलाई पनि बहुमत जुटाउन गाह्रो स्थिति रहेको छ । नयाँ गठबन्धनले सरकार बनाउन नसके ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री दाबी गर्ने पाण्डेको रणनीति रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?