१८ चैत्र २०८१, मंगलवार
ताजा खबर

राष्ट्रियसभा बैठक बस्दै, उपाध्यक्षको निर्वाचन मिति तोकिने

नागरिक पोष्ट

बुधबार, २१ चैत्र २०८०

10337 views

10337 views

राष्ट्रियसभा बैठक बस्दै, उपाध्यक्षको निर्वाचन मिति तोकिने

काठमाडौँ।  संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।


यस्तै, अध्यक्षले विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्नेछन् ।

बैठकमा अध्यक्षले राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचनको मिति तोक्ने सम्भावित कार्यसूची रहेको छ ।


यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७९–८० सभासमक्ष पेस गर्ने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?