७ कार्तिक २०८१, बुधबार

ताजा खबर

बागमती प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन

नागरिक पोष्ट

सोमबार, १९ चैत्र २०८०

14281 views

14281 views

बागमती प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकमा अनिवार्यरूपमा उपस्थित हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन् । 

आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेकाले बैठकमा अनिवार्य उपस्थित हुन नेता थपलियाले पार्टीका सांसदलाई निर्देशन दिए ।


आज १ बजे बस्ने भनिएको बैठक अहिले केहीबेरमा बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । नेता थपलियाले बैठकमा अनिवार्य उपस्थिति भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन दिइएको बताए ।

 बदलिएको सत्ता समीकरणमा एमाले साझेदार दल भएकाले आफ्ना सांसदलाई मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको पक्षमा मत दिन निर्देशन दिइएको उनको भनाइ छ ।


सत्ता समीकरणअनुसार गत शनिबार मात्रै एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको थियो । एमालेबाट नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?