७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रतिलिटर ४ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

नागरिक पोष्ट

आईतवार, १८ चैत्र २०८०

10303 views

10303 views

प्रतिलिटर ४ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो। इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य  प्रतिलिटर ४।७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौँमा पेट्रोलको मुल्य १७५ रुपियाँ प्रतिलिटर भएको छ।


त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतलिटर ०।३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०।३८ रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७।४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको निगमले जानकारी दिएको छ ।

नयाँ मुल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?