७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सूनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

नागरिक पोष्ट

आईतवार, १८ चैत्र २०८०

4591 views

4591 views

सूनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको जनाएको छ ।

यो मूल्य गत शुक्रबारकै मूल्य हो । शुक्रबार एकै दिन २१ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गर्दै छापावाल सुन प्रतितोला १ लाख ३० हजार र तेजाबी सुन १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य गत शुक्रबार बराबरकै हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?