१८ चैत्र २०८१, मंगलवार
ताजा खबर

संवैधानिक परिषदको बैठक आज बस्दै

नागरिक पोष्ट

आईतवार, १८ चैत्र २०८०

9011 views

9011 views

संवैधानिक परिषदको बैठक आज बस्दै

काठमाडौँ– संवैधानिक परिषदको बैठक आज बस्दैछ । परिषदका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे बस्नेगरी बैठक आह्वान गरेका छन् ।

यसअघि चैत १२ गतेका लागि बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे जेनेभा भ्रमणमा गएकोले बैठक आजका लागि सारिएको थियो ।


आजको बैठकमा रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने विषयमा छलफल गर्ने बताइएको छ ।

बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस हुनसक्ने सम्भावना छ ।


प्रधानमन्त्री दाहालले यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पटक पटक छलफल गरेका छन् ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?