७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सरकारले महोत्तरीको समग्र विकासमा पहल गर्छ : प्रधानमन्त्री

नागरिक पोष्ट

शनिबार, १७ चैत्र २०८०

4676 views

4676 views

सरकारले महोत्तरीको समग्र विकासमा पहल गर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताएका छन् ।

महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य सङ्घ र राजनीति दलका प्रतिनिधिमण्डलले आज बालुवाटारमा गरेको भेटमा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा पनि महोत्तरीलाई प्राथमिकतामा राख्ने बताए ।


जलेश्वर नगरको कार्यक्रममा सरकारको सहयोग रहने र  जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतीलगायत विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन केन्द्रमा राखेर देशको समग्र विकासमा सरकार निरन्तर लागिपरेको स्पष्ट पारे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?