३१ भाद्र २०८१, सोमबार

ताजा खबर

अगाडी बढ्यो पर्यटन बोर्डको सीईओ नियुक्तिको प्रक्रिया

नागरिक पोष्ट

शुक्रबार, १६ चैत्र २०८०

9521 views

9521 views

अगाडी बढ्यो पर्यटन बोर्डको सीईओ नियुक्तिको प्रक्रिया

काठमाडौं, १६ चैत। गत माघ १६ गतेदेखि नै खाली रहेको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुिक्तको प्रकृया अगाडी बढ्ने भएको छ । बोर्ड सञ्चालक समितिले बोर्डको सीईओ नियुक्त गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएको हो ।

यद्यपी, विहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै बोर्डमा माघ २२ देखि रिक्त रहेको बोर्ड सदस्यले पूर्णता पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?