७ कार्तिक २०८१, बुधबार

ताजा खबर

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

नागरिक पोष्ट

शुक्रबार, १६ चैत्र २०८०

5186 views

5186 views

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा  । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् ।

शुक्रबार विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो ।


गत फागुन २३ मा नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत आवश्यक रहेको छ । बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत पाउने देखिएको छ ।


तर हाम्रो नेपाली पार्टी ९हानेपा० सरकारमा सामेल भएको विषय विवादित बनेपछि सरकारले विश्वासको मत पाउनेमा थप अन्योलता भने बढेको छ । हनेपाका अध्यक्ष अनन्तराज घिमिरेले पार्टी निर्णयविरुद्ध गएका भन्दै संकृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त भएका शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?