७ कार्तिक २०८१, बुधबार

ताजा खबर

एसईईको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न

नागरिक पोष्ट

बिहीबार, १५ चैत्र २०८०

9028 views

9028 views

एसईईको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न

काठमाडौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको छ।

आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा थियो। परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

आजदेखि सुरु भएको एसईई परीक्षा २७ गतेसम्म चल्ने छ। एसईई परीक्षाका लागि कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले आवेदन दिएका थिए। २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक १५ जना परीक्षार्थीले आवेदन दिएका हुन्।

परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्। सबैभन्दा धेरै केन्द्र काठमाडौंमा १२७ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक वटा छन्।

एसईईमा ३५ भन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र त्यस्ता परीक्षार्थीहरूले मौका परीक्षा दिन पाउने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?