७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड

नागरिक पोष्ट

बिहीबार, १५ चैत्र २०८०

6920 views

6920 views

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं, १५ चैत । नेपाली बजारमा सुनको मूल्य मा फेरि नयाँ रेकर्ड कायम भएको छ। बिहीबार सुन तोलामा १ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ५१० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसअघि यसअघि चैत ८ गते सुनको मूल्य प्रतितोला २७ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो। बिहीबार उक्त रेकर्डलाई तोड्दै सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?