७ कार्तिक २०८१, बुधबार

ताजा खबर

मानव सेवा आश्रम बिराटनगरलाई सिटिजन्स बैंकको सहयोग

नागरिक पोष्ट

बिहीबार, १५ चैत्र २०८०

4591 views

4591 views

मानव सेवा आश्रम बिराटनगरलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं, १५ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरमा अवस्थित मानव सेवा आश्रमलार्ई सहयोग प्रदान गरेको छ । घरबारविहिन, बेसाहारा, अशक्त, असहाय, अनाथ सडक आश्रित करिव १३० नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दैनिक उपभोग्य खाद्यान्न सामाग्री लगायत अन्य आवश्यक सामाग्रीहरु उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट सेवा आश्रम संचालन भइरहेको छ ।

सेवा आश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले मानव सेवामा समर्पित आश्रम संचालन गरेर समाजमा अनुकरणिय काम गर्दै आएको संस्थालाई सानै भए पनि सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महशुस भएको कुरा व्यक्त गरे । उनले दीन दुस्खी बेसाहाराहरुलाई सानो भएतापनि सहयोग गरेर समाजप्रतिको उत्तरदायित्व बोध गर्न पाँउदा हर्षित भएको पनि बताए ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?