६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

कीर्तिपुरमा आजदेखि नेपाल र आयरल्याण्ड ‘ए’ को टी(२० सिरिज)

नागरिक पोष्ट

बिहीबार, १५ चैत्र २०८०

6325 views

6325 views

कीर्तिपुरमा आजदेखि नेपाल र आयरल्याण्ड ‘ए’ को टी(२० सिरिज)

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’सँग बिहीबारदेखि नेपाल ‘ए’ले टी–२० सिरिज खेल्दैछ। पलिलो खेल बिहीबार दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ।

आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ टिमले तीन–तीन खेलको टी–२० र एक दिवसीय सिरिज खेल्न लागेको हो। आयरल्यान्डसँग खेल्ने टी–२० र एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले विनोद भण्डारीको कप्तानीमा टिम घोष्णा गरिसकेको छ।


नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग आज पहिलो खेल खेल्न लागेको हो। दोस्रो खेल शुक्रबार र अन्तिम खेल शनिबार हुनेछ।

आयरल्याण्ड ‘ए’सँगको एक दिवसीय सिरिज भने चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र अन्तिम अर्थात् फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।


आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?