७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेशनल सोसल वेलफेयर अवार्ड २०२३ू वाट मानव बेचबिखनविरुद्धका अभियानकर्मी भट्टराई सम्मानित

नागरिक पोष्ट

बिहीबार, १५ चैत्र २०८०

14502 views

14502 views

नेशनल सोसल वेलफेयर अवार्ड २०२३ू वाट मानव बेचबिखनविरुद्धका अभियानकर्मी भट्टराई सम्मानित

काठमाडौं  । मानव बेचबिखनविरुद्धका अभियानकर्मी इन्द्रराज भट्टराई, लाई ‘नेशनल सोसल वेलफेयर अवार्ड’ प्रदान गरिएको छ। मंगलबार सिजन मिडियाको आयोजनामा उपसभामुख इन्दिरा राना मगर र राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा सो अवार्ड प्रदान गरिएको हो ।


गोरखा जिल्लामा जन्मनु भएका बौद्धिक, सामाजिक चिन्तक र अत्यन्तै मिलनसार स्वभावका भट्टराई लामो समय देखि मानव वेचविखन विरुद्वमा अभियान चलाउदै आउनु भएको छ । भट्टराईले सामाजिक क्षेत्रमा धेरै नै योगदान पुर्याउदै आउनु भएको छ ।

उहाँसंगै अवार्डबाट सम्मानित हुनेहरूमा एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम थापा, बाल मजदुर सरोकार केन्द्र (सिविन), मुटुरोग विशेषज्ञ डा कमल शर्मा लम्साल, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक नारायणकुमार श्रेष्ठ, मानव रक्षा नेपालकी संस्थापक मेनुका थापा, टोपबहादुर मल्ल, संरक्षण अभियन्ता बल्लु गुप्ता, समाजसेवीहरु प्रेमकुमार खत्री, सरु सुवेदी,रोजिना विष्ट, दिनेश उप्रेती, हिमालयन एनिमल ट्रष्टका संस्थापक खगेश्वर शर्मा भट्टराई, डोल्पाली चिकित्सक डा अखण्ड उपाध्याय, व्यावसायिक कृषक यादव ढकाल, सूर्यविनायक नगर अस्पताल, चिकित्सक डा मनिषा कार्की रहनु भएको छ ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?