२३ भाद्र २०८१, आईतवार

ताजा खबर

सूर्यविनायक नगर अस्पताल संयोजक डा.मोनिषालाई नेशनल सोसल वेलफेयर अवार्ड

नागरिक पोष्ट

बुधबार, १४ चैत्र २०८०

26164 views

26164 views

सूर्यविनायक नगर अस्पताल संयोजक डा.मोनिषालाई नेशनल सोसल वेलफेयर अवार्ड

काठमाडौं। सूर्यविनायक नगर अस्पताल संयोजकर सुचना अधिकारी डा . मोनिषा कार्कीलाई ‘नेशनल सोसल वेलफेयर अवार्ड’ प्रदान गरिएको छ।

मंगलबार सिजन मिडियाको आयोजनामा उपसभामुख इन्दिरा राना मगर र राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा सो अवार्ड प्रदान गरिएको हो ।

कार्कीलाई अवार्डसंगै कदर पत्र प्रदान गरिएको थियो। उनीसंगै अवार्डबाट सम्मानित हुनेहरूमा एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम थापा, बाल मजदुर सरोकार केन्द्र (सिविन), मुटुरोग विशेषज्ञ डा कमल शर्मा लम्साल, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक नारायणकुमार श्रेष्ठ, मानव बेचबिखनविरुद्धका अभियानकर्मी इन्द्रराज भट्टराई, टोपबहादुर मल्ल, संरक्षण अभियन्ता बल्लु गुप्ता, समाजसेवीहरु प्रेमकुमार खत्री, सरु सुवेदी,रोजिना विष्ट, दिनेश उप्रेती, हिमालयन एनिमल ट्रष्टका संस्थापक खगेश्वर शर्मा भट्टराई, डोल्पाली चिकित्सक डा अखण्ड उपाध्याय, व्यावसायिक कृषक यादव ढकाल, रक्षा नेपालकी संस्थापक मेनुका थापा रहेका छन् ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?