२७ फाल्गुन २०८१, मंगलवार
ताजा खबर

सुनकोशीमा बेपत्ता तिनै बालबालिकाको शव भेटियो

नागरिक पोष्ट

बुधबार, १४ चैत्र २०८०

10966 views

10966 views

सुनकोशीमा बेपत्ता तिनै बालबालिकाको शव भेटियो

गाईघाट– होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका तिनै बालबालिका मृत फेला परेका छन् । उनीहरु आइतबारदेखि हराएका थिए ।

जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने वर्ष ९ की रेखा मगरको शब मृत अवस्थामा छन् भने मंगलबार सोही ठेगाना बस्ने वर्ष ६ को रिदम मगरको शब मृत अवस्था फेला परेको थियो ।


रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका २४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेका थिए । 

त्यस्तै ९ वर्षका लोकचन्द्र मगरको शव बुधबार अपराह्न भेटिएको हो । होली खेल्दै सुनकोशीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?