६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

रक्षा नेपालकी संस्थापक अध्यक्ष ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ बाट सम्मानित

नागरिक पोष्ट

बुधबार, १४ चैत्र २०८०

9062 views

9062 views

रक्षा नेपालकी संस्थापक अध्यक्ष ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ बाट सम्मानित

काठमाडौ । रक्षा नेपालकी संस्थापक अध्यक्ष मेनुका थापा सम्मानित हुनुभएको छ ।

रक्षा नेपालकी संस्थापक मेनुका थापालाई  ‘नेशनल सोसल वेलफेयर अवार्ड’ प्रदान गरिएको छ।  मंगलबार सिजन मिडियाको आयोजनामा उपसभामुख इन्दिरा राना मगर र राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा सो अवार्ड प्रदान गरिएको हो ।

थापाले १७ वर्षको कलिलो उमेरमा आफ्नो जिवन धान्न रेस्टुरामा गित गाउने काम गर्न थालेकी उनले यही क्रममा विभिन्न रेस्टुराहरुमा महिला,बालिका तथा किशोरीहरुलाई झुुकाएर,फकाई,बाध्य बनाई बेच्ने गरेको,उनीहरुको शारिरीक शोषण,मानसिक शोषण,आथिर्कक शोषण आफ्रनै आँखा अगाडी देखिन । बच्चै देखि निडर स्वभावकी उनले त्यो अत्याचार विरुद्ध आवाज उठाउन थालीन । यसरी व्यक्तिगत तथा समुुहगत प्रयास गर्दा गर्दे असुुरक्षामा परेकाहरको हक अधिकारको लागी एक संस्थाको आवश्यक पर्याे र तीनै महिला दिदीबहिनीहरद्धारा रक्षा नेपालको जन्म भयो र यसले आज सम्म ‘असुरक्षामा’ रुमल्लीरहेका हरूको लागी साथ र सहयोग गर्दे आएको छ । 

मेनुकाले २०६० सालदेखि  रक्षा नेपाल नामक संस्था संचालन गर्दै असुरक्षामा परेका महिला तथा बालिकाको सुरक्षा र सारथी बन्दै आएकी छिन्। उनको साथ र समन्यवमा हालसम्म ७ हजार ६ सय ५९ जना महिला र ९ सय ३४ जना बालिकाको उद्धार, संरक्षण र पुनरस्थापना गर्न सफल भैसकेको छ। थापालाई अवार्डसंगै कदर(पत्रसहित० नगद पनि प्रदान गरिएको थियो। 

 

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले विभिन्न पेशा र व्यवसायमा लागेर समाजमा योगदान गर्दै आएका र नितान्त समाजकै लागि भनेर अहोरात्र खटिएका व्यक्तिहरुलाई छनोट गरी उक्त अवार्ड प्रदान गरिएको जानकारी बताए । उनले यसको उद्देश्य सामाजिक अभियन्ताहरुलाई हौसला र प्रेरणा दिनका लागि रहेको बताए । 

May be an image of 1 person and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?