६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

धनगढीका मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन

नागरिक पोष्ट

मंगलवार, १३ चैत्र २०८०

5407 views

5407 views

धनगढीका मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन

काठमाडौं– धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी  भारतबाट सम्पर्कविहीन भएकी छन् । मंगलबार चार बजे आफ्नो फेसबुक पेजबाट मेयर हमालले आफ्नी जेठी छोरी हराएको जानकारी गराएका छन् । 

उनले भारतको गोवामा ओशो ध्यान गर्न गएकी छोरी आरती हिजो सोमबारदेखि हराएको बताएका छन् । उनले गोवामा बस्ने शुभचिन्तकलाई आफ्नी छोरीको खोजीकार्यमा सहयोग गर्न आग्रहसमेत गरेका छन् । 


उनले सामाजिक सञ्जालमा लेखेका छन् –
मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् ।
हिजोदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी  कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु । 

साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ  जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुग रहेकाले मोबाईल न। ढठढद्धण्ढटण्ज्ञद्ध र डद्दठघछघडज्ञघद्दर ढघडढटण्ठढछघ सम्पर्क गरि त्यहाँ आवश्यक  सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक  अनुरोध गर्दछु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?