६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

टस जितेर ब्याटिङ गर्दै नेपाल

नागरिक पोष्ट

मंगलवार, १३ चैत्र २०८०

8110 views

8110 views

टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं– घरेलु टोली नेपालले ट्वान्टी(२० शृङ्खलाअन्तर्गत  आयरल्याण्ड ‘ए’विरुद्धको आज हुने खेलमा ‘टस’ जितेर पहिले ‘ब्याटिङ’ गर्ने भएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ रोजेका हुन् । 

आजको खेल जितेमा नेपालले शृङ्खलामाथि कब्जा गर्नेछ । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई छ विकेटले पराजित गरेको थियो ।


आजको खेलमा नेपाली टोलीमा दुई खेलाडीलाई परिवर्तन भएका छन् । विवेक यादव र अनिल शाह टोलीमा समावेश हुँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेञ्चमा छन् ।

नेपालको प्लेइङ एघारमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अभिनाश बोहरा, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, करण केसी र सोमपाल कामी छन् । बेञ्चमा आकाश चन्द, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी र प्रतिश जिसी छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?