६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

अहिले प्रचलित इन्टरमिटेन्ट फास्टिङ कसरी गर्ने ?

नागरिक पोष्ट

मंगलवार, १३ चैत्र २०८०

6699 views

6699 views

अहिले प्रचलित इन्टरमिटेन्ट फास्टिङ कसरी गर्ने ?

 काठमाण्डौ।  अहिलेको व्यस्त समयमा मानिसहरुले आफ्नो जीवनशैलीका विभिन्न तरिका अपनाउने प्रचलन बढिरहेको छ।

स्वास्थ्यकर जीवनसंगै पेटको बोसो तथा शरीरको तौल घटाउनका लागि इन्टरमिटेन्ट फास्टिङ पछिल्लो समय निकै चर्चामा छ। इन्टरमिटेन्ट फास्टिङका विभिन्न विधिहरु छन्। तर सजिलो र बढी प्रचलित विधि अन्तर्गत १६(८ घण्टाको इन्टरमिटेन्ट फास्टिङ नै हो। यस विधिमा ८ घण्टाको समयावधिमा मात्र खानेकुरा खाने र बाँकी १६ घण्टा उपवासका रुपमा बस्नुपर्छ। ८ घण्टामा शरीरलाई आवश्यक खाने कुरा मात्र खानुपर्छ। कार्बोहाइड्रेट युक्त खाना, चिनी साथै तेलमा तारिएको खानाको मात्रालाई सकेसम्म कम गर्दै लैजानु पर्छ।

दोस्रो विधि ५(२ इन्टरमिटेन्ट फास्टिङ हो। यसमा हप्ताको ५ दिन खाना खान्छौँ भने २ दिन निकै थोरै खाना खाने गरिन्छ।
तेस्रो विधि इट स्टप इट हो। यस विधिमा हप्ताको ५ दिन खाना खान्छौँ भने २ दिन जिरो क्यालोरी भएको खाना मात्र खाने गरिन्छ।

शरीरको तौल नियन्त्रणमा निकै राम्रो मानिएको इन्टरमिटेन्ट फास्टिङले स्वास्थ्यमा समेत फाईदा गर्दछ। इन्टरमिटेन्ट फास्टिङको प्रभाव दोस्रो हप्तापछि मात्र देखिन थाल्छ। यी विधिहरु व्यक्तीको जीवनशैली र कामका अनुसार प्रयोग गर्नुपर्छ। मधुमेह र मिर्गौलाका बिरामीले इन्टरमिटेन्ट फास्टिङ गर्न मिल्दैन। त्यस्तै १८ वर्ष, १८ वर्षभन्दा मुनिका व्यक्ति, आवश्यकभन्दा कम तौल भएका व्यक्ति, गर्भवती, स्तनपान गराइरहेकाहरुले पनि इन्टरमिटेन्ट फास्टिङ गर्न मिल्दैन।

इन्टरमिटेन्ट फास्टिङको पहिलो फाइदा भनेको शरीरको तौल घटाउनु हो भने यसका साथै फ्याटी लिभर, मधुमेह जस्ता समस्याको जोखिम समेत कम गर्दछ।

कतिपय अवस्थामा विशेषज्ञको सल्लाह बिना आफूखुसी इन्टरमिटेन्ट फास्टिङ गर्दा स्वास्थ्यमा समस्या पनि आउन सक्छ। सबै व्यक्तीलाई १६ घण्टाको उपवास अनिवार्य हुँदैन। यी विधिहरु शरीरको आवश्यकताअनुसार विशेषज्ञको सल्लाहमा गर्नुपर्छ। इन्टरमिटेन्ट फास्टिङ तपाईंको जीवनशैलीसँग मेल खान्छ कि खाँदैन भन्ने विषयमा ध्यान दिनुपर्छ। यसै प्रकारको जीवनशैली भएकाले यसलाई सीमित समयको लागि नभई जीवनभर लागू हुने गरी गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?