६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

आजको मौसम पूर्वानुमान : मेघ गर्जनसहित सामान्य वर्षाको सम्भावना

नागरिक पोष्ट

मंगलवार, १३ चैत्र २०८०

6563 views

6563 views

आजको मौसम पूर्वानुमान : मेघ गर्जनसहित सामान्य वर्षाको सम्भावना

काठमाडौं। नेपालको मौसममा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव परेको छ। आज बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली हुनेछ।

तराईका भू–भागमा भने आंशिक बदली देखि मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती र गण्डकी प्रदेशका केहि स्थानमा सामान्य वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली हुनेछ। कोशी प्रदेशका केही स्थान र मधेश, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन सहित सामान्य वर्षा हुने सम्भावना छ।

त्यस्तै कोशी र बागमती प्रदेशका उच्च भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २७ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?