६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

चैत १२ गते सोमवार, थाहा पाउनुहोस् तपाईको राशिफल

नागरिक पोष्ट

सोमबार, १२ चैत्र २०८०

5781 views

5781 views

चैत १२ गते सोमवार, थाहा पाउनुहोस् तपाईको राशिफल

चैत १२ गते सोमवार, थाहा पाउनुहोस् तपाईको राशिफल
 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )


तपाईंको आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ । आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

तपाईको आज रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज तपाईको आर्थिक कारोबारमा विवाद आउनेछ । खानपिनमा सचेत रहनुहोला । अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

तपाईंको आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

तपाईको आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने पनि छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज तपाईं सानातिना समस्यामा अल्झनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

तपाईलाई आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पनि पाइनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

तपाईलाई आज न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

तपाईंको आज राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ । भौतिक सुख पनि मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

तपाईंको आज आफन्तजन सँग मनमुटाब बढ्नेछ सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला । विद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज तपाईलाई विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

सबैको दिन सुखद् रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?