शनिबार, १० चैत्र २०८०
13567 views
13567 views
काठमाडौँ —रुसको राजधानी मस्कोस्थित एक कन्सर्ट हलमा हतियारधारीले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ । १ सय ४५ जना घाइते भएका छन् ।
आक्रमणपछि भवनमा आगलागी भएको र त्यसभित्र धेरै मानिस फसेको अनुमान रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।
रुसी विदेशमन्त्रीले उक्त आक्रमणलाई 'आतंककारी हमला' को संज्ञा दिएका छन् ।