६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा फिर्ता

नागरिक पोष्ट

शुक्रबार, ९ चैत्र २०८०

16134 views

16134 views

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा फिर्ता

काठमाण्डौ – सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरका नाममा गएको १० रोपनी जग्गा सरकाकै नाममा कायम गर्ने निर्णय गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले तत्कालीन अबस्थामा च्याम्पियन फुटवेयरका नाममा गएर अहिले चाँदबाग रेसिडेन्सी प्रालिका नाममा रहेको जग्गा सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो ।

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविलाल नेपालीले मन्त्रिपरिषद्को निर्णय वा सरकारको स्वीकृतिबिना जग्गा फुटवेयरको नाममा गएको ठहर भएकोले जग्गा सरकारीकरण गर्ने निर्णय गरेको जानकारी दिनुभयो । सीआइबीको सहयोगमा आफुहरुले थप अनुसन्धान गरेर आज अन्तिम टुङ्गो लगाएको उहाँले बताउनुभयो ।

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख नेपालीकाअनुसार २०२१ सालको फिल्डबुकले त्यो जग्गा बाँसबारी छाला जुत्ता उद्योगको रहेको देखिन्छ । यस्तै २०३७ सालमा बाँसबारी छालाजुत्ता उद्योगको नाममा दर्ता स्रेस्ता कायम भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?