६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

मनाइयो विश्व डाउन सिण्ड्रोम दिवस

नागरिक पोष्ट

शुक्रबार, ९ चैत्र २०८०

4982 views

4982 views

मनाइयो विश्व डाउन सिण्ड्रोम दिवस

शर्मिला विश्वकर्मा, काठमाडौँ

विश्वमा मनाइने विभिन्न दिवसहरू मध्ये विश्व डाउन सिण्ड्रोम दिवस पनि एक हो । यो दिवस हरेक वर्षको मार्च २१ तारिखमा मनाइने गरिन्छ । यसै क्रममा बिहीबार डाउन सिण्ड्रोम समाज नेपालको आयोजनामा काठमाण्डौंमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेर १३ औ विश्व डाउन सिण्ड्रोम दिवस मनाइएको छ । ” त्जभ क्तभचभयतथउभक ” ” परम्परागत रुढीवादी सोचको अन्त्य” भन्ने नारा सहित मनाइएको यस दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय सभा सदस्य पदम परियारले विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी डाउन सिण्ड्रोम अपाङ्गता अवस्थाका बालबालिका, उनीहरूका अभिभावक तथा सहभागी सम्पूर्णलाई सम्बोधन गर्दै यस दिवसको अवसरमा शुभकामना पनि व्यक्त गर्नु भयो । यसै क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका लागि संसदमा आवाज उठाउने, डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको सहयोगी सेवाको व्यवस्था गर्नको लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताउनु भयो । साथै उहाँले अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूको सल्लाह र सुझाव अनुसार सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका आवाजहरूलाई संसदमा उठाउने र सम्बन्धित निकायहरूलाई अपाङ्गता समावेशी बनाउने, संसद परिषद पहुँचयुक्त बनाउन पहल गर्ने कुरामा जोड दिनु भएको थियो ।

त्यसै गरी काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले अपाङ्गता भएका व्यक्तिहरू प्रति भएको रुढीवादी परम्परालाई हामीले तोड्नु पर्ने, डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरू अनुकूलको वातावरणमा क्षमता विकास तथा सीप विकास तालिमहरू उपलब्ध गराउनु पर्ने र उनीहरूको क्षमता विकास तथा सीप विकासका लाग काठमाडौँ महानगरापालिका मार्फत केही कार्यक्रमहरू उपलब्ध गराउने बताउनु भयो । साथै उहाँले आगामी दिनमा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूसँग छलफल गरी उनीहरूका विभिन्न क्षेत्रमा काम गर्न चाहेको र उनीहरूलाई आत्म निर्भर बनाउनका लागि काठमाडौँ महानगरपालिका सकारात्मक रहेको पनि बताउनु भयो ।


डाउन सिण्ड्रोम समाज नेपालले १३ ‌औ विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका उपसचिव निरा अधिकारीले राज्य तथा अन्य सरोकारवाला निकायहरूले अपाङ्गता भित्रको विविधतालाई पहिचान गरी आत्मनिर्भरताको सवाललाई संवोधन गरिनु पर्ने भन्दै डाउन सिण्ड्रोम लगायत अन्य अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई संवोधन गर्नका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने भन्दै १३ औ विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै डाउन सिण्ड्रोम अपाङ्गताका सवाल दिवसमा मात्र नभएर हरेक दिन उठ्नु पर्ने र यस विषयमा सम्बन्धित निकायको ध्यान केन्द्रित हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

यसै गरी कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष शिला थापाले डाउन सिण्ड्रोम अपाङ्गता अवस्था भएका व्यक्तिहरूलाई उनीहरू अनुकूलको वातावरणमा सीप सिकाउन सकेमा रोजगारीमा आबद्ध हुन सक्ने, सीप मूलक तालिमहरू प्रदान गरे विभिन्न क्याफे तथा छ क्तबच होटलहरुमा काम गरिरहेको बताउनु भयो । साथै मार्च २१ का दिन मनाइने विश्व डाउन सिण्ड्रोम दिवसले डाउन सिण्ड्रोम अपाङ्गता अवस्थाका बालबालिकाहरूमा प्रेरणा जाग्ने र अभिभावक तथा सरोकारवाला निकायका साथै समाजमा जनचेतना जगाउन सहयोग गर्ने बताउनु भयो । यसै क्रममा उहाँले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूलाई पढ्नको लागि विद्यालयहरूले भर्ना लिन नमान्ने गर्दा उनीहरू शिक्षा लिनबाट वञ्चित भएको पनि गुनासो गर्नु भयो । साथै उहाँले हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिहरू प्रति भएको रुढीवादी सोचको अन्त्य हुन नसकेकोले कति पय अवस्थामा अभिभावकहरूले उनीहरूलाई घरमा थुनेर राख्न, बाँधेर राखेर काममा जानु पर्ने बाध्यता पनि रहेको बताउनु भयो ।

१३ औ यस दिवसका अवसरमा नेपालमा पहिलो पटक जुम मार्फत अन्तर्राष्ट्रिय युवा सम्मेलनको आयोजना पनि गरियो । जसमा भारत, इन्डोनेसिया, सिङ्गापुरबाट जुम मार्फत डाउन सिण्ड्रोम अपाङ्गता अवस्था भएका युवाहरूले विभिन्न सवालहरूमा प्रस्तुतीकरण गर्नु भएको थियो । नेपालबाट डाउन सिण्ड्रोम अपाङ्गता अवस्थाका व्यक्तिहरू सुरक्षा सापकोटा, हेलिना श्रेष्ठ, रुकुश मैनाली, लुजःश्रेष्ठ, स्वीकृति पाण्डे, सत्यम थापा, पृतम वि।क।, आरती रिजाल, प्रदेश अर्याल, बेन्जा लामा, संगम उप्रेती लगायतले आफू र आफ्नो परिवारको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
यसै दिवसको अवसरमा सरोकारवालाहरूका लागि सहयोगी पुस्तिका डाउन के हो नामक पुस्तिका र नयाँ वर्ष २०८१ को पात्रो पनि डाउन सिण्ड्रोम अपाङ्गता अवस्थाका बालबालिकाहरू र प्रमुख अतिथि तथा अतिथिहरू मार्फत विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?