६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

एसबिआई बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको सबै आउटलेटमा छुट

नागरिक पोष्ट

बिहीबार, ८ चैत्र २०८०

5628 views

5628 views

एसबिआई बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको सबै आउटलेटमा छुट

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको सबै आउटलेटहरूको सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन् ।

बैंकको डेबिट कार्ड बाहक तथा वाईओएनओ नेपाल एसबिआई प्रयोगकर्ता ग्राहकहरुले सिद्धार्थका सबै आउटलेटमा विभिन्न सेवामा छुट पाउने भएका हुन् ।

सो सुविधाका लागि बैंक र सिद्र्धा ग्रुपका अधिकारीहरूबीच समझदारी भएको छ । सो अवसरमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपक कुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक नृपेश श्रेष्ठ तथा बैंकका बरिष्ठ प्रतिनिधिको उपस्थिति थियो ।


सम्झौता अनुसार ग्राहकहरूले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छुट पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?