६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

सगरमाथामा फहराईदै रेडियो एभरेष्टको लोगो

नागरिक पोष्ट

बिहीबार, ८ चैत्र २०८०

5985 views

5985 views

सगरमाथामा फहराईदै रेडियो एभरेष्टको लोगो

काठमाडौं, ८ चैत । रेडियो एभरेष्टको लोगो अंकित व्यानर सगरमाथाको शिखरमा फहराइने भएको छ । एभरेष्ट मिडिया टेक प्रा।लि द्वारा संचालित रेडियो एभरेष्ट ९६।८ मेगाहर्जको लोगो अंकित व्यानर हिमाल आरोही राजेश मगरले सगरमाथाको शिखरमा फहराउने भएका हुन् ।

प्रा।लि।का संचालक समिति सचिव अशोक राईले बिहिबार आरोही मगरलाई सल्लेरी स्थीत रेडियो एभरेष्टको स्टुडियोमा उक्त व्यानर हस्तान्तरण गरेका हुन् । आरोही मगरको टिम सुरुमा ६ हजार मिटर अग्लो हिमाल लोबुचेबाट आरोहण सुरु गर्नेछ भने मे को दोश्रो साता सगरमाथामा पाइला टेक्ने छ । सोहि अवसरमा रेडियो एभरेष्टको पहिचानका लागी उक्त व्यानर सगरमाथाको शिखरमा फहराइने भएको हो ।

रेडियो एभरेष्टले २ हजार वाट क्षमतामा यही चैत्कोत दोश्रो साताबाट परिक्षण प्रसारण सुरु गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?