६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

नेपाल बोसिया संघकाे आयोजनामा मनोपरामर्श कार्यक्रम सम्पन्न

नागरिक पोष्ट

बिहीबार, ८ चैत्र २०८०

12598 views

12598 views

नेपाल बोसिया संघकाे आयोजनामा मनोपरामर्श कार्यक्रम सम्पन्न

८ चैत २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ

मनोपरामर्श जो कोही व्यक्तिहरूलाई पनि आवश्यक हुन्छ । मनोपरामर्शले मानिसलाई स्वास्थ्य बनाउन पनि ठुलो भूमिका निर्वाह गरेको हुन्छ । अन्य व्यक्तिहरू जस्तै अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि मनोपरामर्श उत्तिकै जरुरी हुने हुनाले अपाङ्गता भएका व्यक्तिहरूका लागि बोसिया संघ नेपालले हिजो चैत ७ गते काठमाडौँमा मस्तिष्क पक्षाघात, मस्कुलर डिष्ट्रोफी, सिवियर स्पाइनल इन्जुरी अपाङ्गता भएका व्यक्तिहरू, उनीहरूका अभिभावक तथा बोसिया खेलका खेलाडीहरूलाई एक दिने मनोपरामर्श तालिम प्रदान गरेको छ ।

काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघले आयोजना गरेको सो कार्यक्रमको सहजिकरण राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष तथा अपाङ्गता अधिकारकर्मी सुदर्शन सुवेदीले गर्नु भएको थियो । यस तालिममा उहाँले जो सुकै व्यक्तिले आफूसँग जे छ त्यसलाई सहर्ष स्वीकार गरी रमाउन, हर क्षणलाई खुसीमा बदल्न सकेमा मानसिक रूपमा पनि स्वस्थ रहन सकिने बताउनु भयो । साथै उहाँले मनोपरामर्श अपाङ्गता भएका व्यक्तिहरूका लागि अति नै आवश्यकता रहेको र समय समयमा यस्ता तालिमहरूमा सहभागी हुन पनि आग्रह गर्नु भयो ।

यस मनोपरामर्श तालिममा काठमाडौँ महानगरपालिकाकी सामाजिक विकास विभागकी अधिकृत भवानी कपालीले मनोपरामर्श तालिमले व्यक्तिको जीवनलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका निभाउने, विभिन्न तनावहरूबाट मुक्त गराउने साथै सकारात्मक सोचको विकास गर्ने हुँदा सबैलाई अति आवश्यक र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूका लागि झनै जरुरी रहेको बताउनु भयो । साथै उहाँले काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा सीप मूलक तालिम पनि सञ्चालन गर्ने र अपाङ्गता भएका व्यक्तिहरूका लागि बोसिया खेलका साथै अन्य खेलकुदका कार्यक्रमहरू सञ्चालनका लागि पनि सहयोग गर्ने बताउनु भयो ।

मस्तिष्क पक्षाघात, मस्कुलर डिष्ट्रोफी, सिवियर स्पाइनल इन्जुरी अपाङ्गता भएका व्यक्तिहरू, उनीहरूका अभिभावक तथा बोसिया खेलका खेलाडीहरूका लागि अपाङ्गता भएका व्यक्तिहरूका
लागि नेपाल बोसिया संघले आयोजना गरेको उक्त एक दिन मनोपरामर्श तालिममा त्रिभुवन विश्व विद्यालयका परामर्श मनोविज्ञान कार्यक्रम अन्तर्गत वरिष्ठ मनोविद् विनोद पौडेलले मनोसामाजिक परामर्शका विषयमा जानकारी गराउँदै मनोसामाजिक समस्या र सहयोगका बारेमा प्रस्तुतीकरण पनि गर्नु भयो । उक्त प्रस्तुतीकरणका क्रममा उहाँले खेलबाट मानसिक स्वास्थ्यमा हुने लाभहरूका विषयमा बताउनु भयो । ती लाभहरूमा तनाव न्यूनीकरण, भावनाको अभिव्यक्ति, सृजनशीलतामा वृद्धि, सामाजिक सम्बन्ध आदी रहेको भन्दै खेलकुदका अभ्यास, शारीरिक अभ्यास, मनोसामाजिक कुराहरूको विषयमा पनि प्रस्ट पार्नु भएको थियो । मनोपरामर्शमा मनमा भएका नकारात्मक कुराहरूलाई फाल्नु उपयुक्त हुने भन्दै सकारात्मक र नकारात्मक तनावका विषयमा पनि जानकारी गराउनु भयो । साथै उहाँले तनाव न्यूनीकरण व्यवस्थापनका विषयमा पनि बुझाउनु भएको थियो ।

यस एक दिने तालिममा आयोजक संस्था हुनाले अपाङ्गता भएका व्यक्तिहरूका लागि बोसिया संघ नेपालकी अध्यक्ष गोमा देवी पौडेलले मस्तिष्क पक्षाघात, मस्कुलर डिष्ट्रोफी, सिवियर स्पाइनल इन्जुरी अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्यका लागि, उनीहरूलाई समाजमा घुलमिल गराउन खुसी बनाउनका लागि बोसिया खेल खेलाउँदै आएको बताउँदै यस्ता अपाङ्गता भएका व्यक्तिहरू अधिकांश घरको कुनै एक कोठामा मात्रै सीमित हुन परेको, विभिन्न कारणले बाहिर नसिक्न नसकेका, हर बखत आफ्ना अपाङ्गता भएका सन्तानको स्याहार सुसार गरिरहेका अभिभाकहरुलाई पनि खुसी बनाउन, केही समय भए पनि गरी रहेको कामबाट आराम गराउन र मनोपरामर्शको विषयमा राम्रोसँग ज्ञान प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले यो एक दिने मनोपरामर्श तालिम प्रदान गरिएको बताउनु भो । साथै उहाँले यस्ता तालिमले यी बालबालिकामा भएको क्षमता, सीप, प्रतिभाको प्रस्फुटन हुने र उनीहरू खुसी हुँदै रमाउन पाउने अवसर पनि मिल्ने हुनाले यी बालबालिका र अभिभावकहरूलाई यो मनोपरामर्श तालिम प्रदान गरिएको बताउनु भयो ।

कार्यक्रममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरूका लागि बोसिया संघ नेपालकी वरिष्ठ सदस्य देवकुमारी पराजुलीले मस्तिष्क पक्षाघात, मस्कुलर डिष्ट्रोफी, सिवियर स्पाइनल इन्जुरी अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदका साथै फिँजियो थेरापी पनि अति नै जरुरी हुने भन्दै यो मनोपरामर्श तालिमबाट पनि थेरापीको विषयमा जानकारी लिन र उपयोग गर्न सकिने बताउनु भयो । उहाँले उनीहरूको हाँसो, नाच पनि थेरापी अन्तर्गत पर्ने र एक अर्का बिचमा कुनै पनि विषय वस्तुमा रहेर विभिन्न अनुभवहरू आदान प्रदान गर्नु पनि थेरापी रहेको भन्दै सबैले मनोपरामर्श तालिम लिन जरुरी रहेको बताउनु भयो ।

यस तालिममा सहभागी मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्ति तथा बोसिया खेलका खेलाडी विशाल श्रेष्ठले बोसिया खेललाई गोमा देवी पौडेलले नेपालमा ल्याउनु भएको र हामीलाई यसै खेल मार्फत समाजमा ल्याउनु भएकोमा धन्यवाद दिँदै यस खेललाई राज्य स्तरबाट विकास गर्नु पर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि खेल्ने अवसर प्रदान गर्नु पर्ने भन्दै यो एक दिने मनोपरामर्श तालिम ज्यादै उपयोगी रहेको र यस तालिममा सहभागी हुँ न पाउँदा ज्यादै खुसी लागेको बताउँदै सबैलाई धन्यवाद दिनु भयो ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघले काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको सहकार्यमा आयोजना गरेको सो तालिममा मस्तिष्क पक्षाघात, मस्कुलर डिष्ट्रोफी, सिवियर स्पाइनल इन्जुरी अपाङ्गता भएका व्यक्तिहरू, बोसिया खेलका खेलाडीहरू तथा अभिभावक सहित ४५ जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?