६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

सांसद विनोद चौधरीमाथि अनुसन्धान भैरहेको सभामुखलाई सीआईबीको जानकारी

नागरिक पोष्ट

बिहीबार, ८ चैत्र २०८०

8892 views

8892 views

सांसद विनोद चौधरीमाथि अनुसन्धान भैरहेको सभामुखलाई सीआईबीको जानकारी

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य विनोद चौधरीमाथि बाँसबारी छाला जुत्ता जग्गा हिनामिना प्रकरणमा अनुसन्धान भइरहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

ब्युरोका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हिजो सभामुखलाई पठाएको पत्रमा काठमाण्डौ महानगरपालिका ३ को कार्यालय र नवराज शर्मासमेतको जाहेरीले अनुसन्धान प्रक्रिया अगाडि बढेको उल्लेख छ ।

सभामुखलाई सीआईबीइले लेखेको पत्रमा भनिएको छ, ‘सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा फुटवेयर लिमिटेडका संस्थापक शेयर धनी तथा तत्कालीन संचालक समिति सदस्य संघीय संसदका सदस्य विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भई रहेको व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?