६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

प्रधानमन्त्री प्रचण्ड र आईसीसी प्रमुख ग्रेग बार्क काे भेट

नागरिक पोष्ट

बुधबार, ७ चैत्र २०८०

9334 views

9334 views

प्रधानमन्त्री प्रचण्ड र  आईसीसी प्रमुख ग्रेग बार्क काे भेट

काठमाण्डाै – अन्तर्राष्ट्रिय  क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले आईसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताउनुभयो ।

नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभएको छ । उहाँले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्वकपका लागि नेपाल सरकारले निकै महत्त्व दिएको र आईसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेको पनि उल्लेख गर्नुभएको छ ।

आईसीसीका अध्यक्ष बार्कलेले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आईसीसीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?