६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

वर्षाले खुसी किसान

नागरिक पोष्ट

बुधबार, ७ चैत्र २०८०

8195 views

8195 views

वर्षाले खुसी किसान

इलाम ।  लामो समयपछि वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । गए रातिदेखि नियमित पानी परेपछि यहाँ विशेष गरी अलैँची तथा चिया किसान खुसी भएका छन् । 

किसान मात्रिका खतिवडाले पानी परेपछि मर्क छर्नका लागि सहज भएको बताए। ‘चिया पलाउने समयमा पानी परेकाले राम्रो भएको छ भने अन्य बालीको उब्जनी पनि अब बढ्नेछ’, उनले भने, ‘लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न समस्या भएको थियो ।’


इलाम सदरमुकामसहित जिल्लाका विभिन्न भागमा रातिदेखि नै पानी परिरहेको उनको भनाइ छ । ‘पानी नपर्दा अलैँची सुक्न थालेको थियो । मकै छर्न सिँचाइ गर्नुपर्ने अवस्था थियो । तर पानी परेपछि सबै किसानलाई सहज भएको छ’, उनले भने। 

बालीविद् डा डिल्लीराम शर्माका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपातका कारण आलुखेतीलाई फाइदा पुगेको छ भने पहाडी तथा तराई क्षेत्रमा गहुँ मकै, तोरी तरकारी बालीका लागि राम्रो भएको छ । 


आजदेखि परेको पानी उपत्यकामा आजसम्म र कोशी तथा मधेस प्रदेशमा शुक्रबारसम्म पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?