६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

मौसम बदली : देशभर मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

नागरिक पोष्ट

बुधबार, ७ चैत्र २०८०

10694 views

10694 views

मौसम बदली : देशभर मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज बिहानैदेखि मौसम बदली भएको छ । देशको मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज काठमाण्डौ उपत्यकासहित बाग्मती, मधेश र कोशी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

कोशी, मधेश र बाग्मती प्रदेशका थोरै ठाउँका साथै पहाडी भेगका अरु एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का पानी पर्न सक्ने र यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?