६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डाक्यो साधारणसभा

नागरिक पोष्ट

मंगलवार, ६ चैत्र २०८०

5067 views

5067 views

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डाक्यो साधारणसभा

काठमाडौं, ६ चैत । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २७ गते कम्पनीले आफ्नो २७ औं वार्षिक साधारण सभा डाकेको हो ।

सभा अमृतभोग कालिका्सभा काठमाडौं डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे बस्नेछ ।

उक्त सभामा गत आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९र८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने प्रस्ताव समेत रहेको छ।

अरु प्रस्तावमा सभामा चालु आर्थिक वर्ष २०८०र८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ र स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धरलाई गरिएको नियुक्ती अनुमोदन गरिने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?