११ मंसिर २०८१, मंगलवार
ताजा खबर

खाँडादेवी फूडल्याण्ड कलंकीमा स्ट्रीट फुड फेस्टिबल तथा बृहत होलि सांस्कृतिक कार्यक्रम २०८० आयोजना हुने

नागरिक पोष्ट

मंगलवार, ६ चैत्र २०८०

5288 views

5288 views

खाँडादेवी फूडल्याण्ड कलंकीमा स्ट्रीट फुड फेस्टिबल तथा बृहत होलि सांस्कृतिक कार्यक्रम २०८० आयोजना हुने

काठमाडौं । रंगहरुको पर्व भनेर चिनिने होलीलाई लक्षित गरी खाँडादेवी फूडल्याण्ड कलंकीमा स्ट्रीट फुड फेस्टिबल तथा बृहत होलि सांस्कृतिक कार्यक्रम २०८० आयोजना हुने भएको छ ।


मौलिक फिल्म्स ,खाँडादेवी फिल्म र फूडल्याण्डको सयुत्त आयोजनामा फागु पूर्णिमाको दिन चैत ११ गते आइतबार बिहान १० बजे देखि नेपाली सांगितिक क्षेत्रका चर्चीत एवं ख्यातिप्राप्त कलाकारहरुको लाइभ दोहोरी,कल्चर डान्स लगाएतको बृहत होलि साङ्गीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।


नेपाली मौलिक कला सस्कृतिको माध्यमबाट नेपाली बिचको एकतालाई प्रगाढ बनाउन बिगतका बर्ष झै यस बर्ष पनि कार्यक्रमको आयोजना गरिएको फूडल्याण्डका प्रबन्ध निर्देशक एजुकेटिभ सेफ गोपी थापाले जानकारी दिनु भयो।

कार्यक्रममा सांगीतिक माहौलका बीच रङ अनि पेय पदार्थको साथमा खानाका बिबिध परिकार जस्तै लोकल खसी,कुखुरा,बदेलका लाइभ बारबेक्‍यू,विभिन्न थरीका मस्म का परिकार नूडलस च्याउ, पनिर माछा,ससेस लगाएतका नेपाली,चाइनिज,कन्टिनेन्टल मासुको उत्कृष्ट,आकर्षण परिकारको स्टल एवं प्रदर्शनी तथा पाहुनाको अर्डर अनुसारको खानाको परिकार समेत पाइने पनि थापाले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?